Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाघ १२ देखि छैटौँ अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै

माघ १२ देखि छैटौँ अन्तर्राष्ट्रिय एग्रिटेक प्रदर्शनी हुँदै


काठमाडौँ । कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रिटेक’ माघ १२ देखि १४ गतेसम्म आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्त रुपमा काठमाडौँको भृकुटीमण्डपमा ‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनी गर्न लागेको मिडिया स्पेस शोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले छैटौँ नेपाल एग्रिटेक प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरुका सय भन्दा बढी स्टलहरु रहने बताए । उनले विशेष गरी कृषिसम्बन्धि भारत र चीनका कम्पनीहरुको स्टल रहेको उल्लेख गरे । उनले प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकासमन्त्रि डा. वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको बताए ।

उनले यो भन्दा अगाडिका प्रदर्शनी भरतपुर चितवनमा गरेको भएपनि यस वर्ष कृषि क्षेत्रमा काम गर्ने सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहेको बताए । उनले देशभरका किसानहरुलाई प्रदर्शनी भ्रमण गराउन सहज हुने भएकाले काठमाडौँमा आयोजना गरिएको बताए । उनले ‘छैटौँ नेपाल एग्रिटेक’ प्रदर्शनीको आयोजना गरेका देशका विभिन्न क्षेत्रबाट आउने किसानहरु नविन प्रविधिको बारेमा जानकारी दिनु रहेको बताए । उनले प्रदर्शनीमा कृषिका विभिन्न विधाहरु कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसी पालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादी रहित कृषि आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने बताए ।

मेलामा देशभरबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रदर्शनीमा आधुनिक प्रविधिहरुका बारेमा जानकारी दिने आयोजकले जनाएको छ । प्रदर्शनीमा करिव २५ हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा रहेको र निःशुल्क प्रवेशको व्यवस्था गरेको आयोजकले बताएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT