Techie IT
२०८० फागुन १५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थनतिजामुखी काम गर्न करका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

नतिजामुखी काम गर्न करका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् ।

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर नतिजा चाहिने बताएका हुन् ।

त्यही नतिजाका आधारमा मूल्यांकन हुने उनको भनाइ थियो। मन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ ।’

आन्तरिक राजस्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन वस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’

अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’

मन्त्री डा। महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन। जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’

बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिन्छ, त्यसकारण नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको मन्त्री डा. महतले स्पष्ट पारे ।

उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्दै मन्त्री डा। महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौँ । आज सोमबार नेप्से परिसूचक करिब दोहोरो अंकले बढेको छ । नेप्से १३.२८ अंकले बढेको सेयर बजार १ हजार

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो

इसेवाले ल्यायो इसेवा लाइफ केयर, ५ लाख ३० हजारसम्मको आर्थिक…

काठमाडाैँ । भुक्तानी सेवा प्रदायक इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ। यसअघि दुर्घटना तथा बिरामी

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी

कोशी प्रदेशः एक वर्षमा पाँच वटा सरकार, २० करोड बढी…

काठमाडौँ । कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभाले हालसम्म आठवटा विधेयक पारित गरेको छ । गत वर्षको पुस १७

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुई वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले कागेश्वरी

Techie IT