Techie IT
२०८१ मंसीर २६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थराष्ट्र बैंकद्वारा पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द

राष्ट्र बैंकद्वारा पाँच मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द


काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँचवटा मनीचेन्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै पाँचवटा मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको जानकारी दिएको हो ।

विभागका अनुसार काठमाडौँको वसन्तपुरस्थित फेयर मनी एक्सचेन्ज, क्षेत्रपाटीस्थित कैलाश मनी एक्सचेन्ज र लालदरबारस्थित रुट नेपाल मनी एक्सचेन्ज, भक्तापुरको तौमढीस्थित न्यातपोल मनी एक्सचेन्ज तथा रसुवाको गोसाइँकुण्डको टिमुरेस्थित ग्रेस मनी एक्सचेन्जको इजाजत रद्द गरिएको छ ।

मनीचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा रहेको व्यवस्थाबमोजिम नवीकरण नगरेकोले ती मनीचेन्जरको इजाजतपत्र रद्द गरिएको विभागले स्पष्ट पारेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा,

आलु र भाङको बजारीकरण गर्दै निसीखोला गाउँपालिका

बागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि

सुनकाे भाउ बढेर काराेबार

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढे सँगै स्थानीय बजारमा आज(बुधबार) प्रतितोला सुनमा २ हजारले वृद्धि भएको छ । मङ्गलबार

पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४

एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै

सुनको मूल्य बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

Techie IT