Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थअर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता तिर्न तत्काल रकम निकासा गर्ने

अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता तिर्न तत्काल रकम निकासा गर्ने


काठमाडौँ । अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी)लाई रकम भुक्तानी दिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा। रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्कालै दूध किसानको बक्यौता भुक्तानी हुने गरी रकम निकासा गर्न निर्देशन दिएका हुन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको पहलमा अर्थमन्त्रालयसँगको छलफलपछि तत्काललाई दुग्ध विकास संस्थानलाई ३० करोड रकम निकासा दिने सहमति भएको छ । सोही अनुसार सरकारले हालका लागि यो रकम भुक्तानी दिन लागेको हो ।

लामो समयदेखि सरकारले दूधको बक्यौता भुक्तानी नगरेपछि किसान आन्दोलित छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौँ । अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित

नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै मुलुकलाई आर्थिक विकास

Techie IT