Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता

सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दर्ता


काठमाडौँ । १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा रहेका जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ ।

गुरुङबारे भन्सार कार्यालयले अनुसन्धान गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता

म्याग्दी । व्यवसायिक अकबरे खुर्सानी खेती गरेका म्याग्दी र पर्वतका कृषकलाई बजारको चिन्ताले सताएको छ । बजारको अभावले किसानहरु मर्कामा

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा…

काठमाडाैँ । डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको छ । प्रवर्द्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा

धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब

काठमाडौं । मुलुकबाट एक वर्षमा धान चामल खरिदका लागि ४० अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । स्वदेशमै उत्पादन गर्न

मेची भन्सारबाट चिया निर्यात ३२ प्रतिशतले बढ्यो

काठमाडौं । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार

डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जनालाई एक वर्ष…

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि विशेष योजना ‘खुशीको बोनस ३६५ दिन नै सार्वजनिक गरेको छ । यो अफर

Techie IT