Techie IT
२०८१ माघ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थआईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता


काठमाडौँ । आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिट्यान्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले रेमिट स्विच प्रदान गर्नेछ । अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत ओपन एपीआई स्ट्याण्डर्ड फलो गरिने छ ।

आईएमई लिमिटेड मार्फत प्रदान गरिने एपीआईको परीक्षण तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने छ ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको ओपन एपीआई स्ट्याण्डर्ड प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपीआई इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेसन प्रक्रियामा अगाडि बढ्न सक्ने छन् ।

रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध आईएमई परम्परागत रेमिट्यान्स सेवालाई अझै सहज तथा परिस्कृत गर्दै लैजान नयाँ–नयाँ प्रविधिलाई पछ्याउँदै आफूलाई फिनटेक क्षेत्रमा पनि अब्बल साबित गरेको छ ।

सीईओ पौडेलले वित्तीय सेवाको तीव्र डिजिटलाइजेसन अवस्थालाई आत्मसाथ गर्दै थप परिस्कृत प्रणालीको प्रयोगले रेमिट्यान्स सेवालाई थप चुस्त तथा भरपर्दो बनाउन यो साझेदारी महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

सुनको मूल्य तोलमा २ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय

Techie IT