Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थएओजीको २२ दिने अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न

एओजीको २२ दिने अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न


काठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड आयोजना गरेको छ।

स्थापना कालदेखि नै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरुको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको छ।

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल भएको कम्पनीले जनाएको छ।

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो। राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सीसीका मोटरसाइकको प्रयोग गरिएको कम्पनीको भनाइ छ।

अपाचे ओनरस् ग्रुप (एओजी)को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरुले सहभागिता जनाएका थिए।

यस यात्राका राइडरले भारतको प्रख्यात मोटोसोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री भ्रमण गर्ने पनि मौका पाएका थिए।

टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले संसारभर छरिएका बाइकिङ प्रेमीहरुका लागि टीभीएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निक्कै हर्षित भएको बताए।

टीभीएस मोटोसोल, समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकल प्रतिको प्रेमको उत्सव मनाउने , रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तरक्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यसलाई घरघरमा पुर्‍याउने एउटा मञ्च भएको उनले बताए।

७ हजार किलोमिटरको लामो मार्क्यु यात्रामा सहभागी राडडर सागर थापाले यात्रा शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण रहेपनि यस यात्राले नेपाल र भारतको फरक भूगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइएको अनुभव सुनाउँछन्। यसै यात्रा मार्फत नेपाल, भारत र बङ्गलादेशका राइडरसँग अनुभव सेयर गर्न पाउँदा नयाँ सम्बन्धहरु स्थापित गर्न सघाएको उनले बताए।

११ फागुनमा काठमाडौँबाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माइसुरु, बैंगलोर, तिरुपति, विजयवाड़ा, बिसाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुरबाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो।

विज्ञापन र पीएसए मार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे ५ अङ्कले बढ्याे

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक

सुनको मूल्य स्थिर

काठमाडौँ । स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला

तीन महिनाभित्रै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी

वीरगञ्ज (पर्सा) । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, लगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई

एनआईसी एसिया बैंकका ऋणीलाई भाखा नाघेको कर्जा भुक्तानीमा छुट

काठमाडौँ । एनआईसी एसिया बैंकले भाखा नाघेको कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने योजना सार्वजनिक गरेको छ । २०८० चैतमा

Techie IT