Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनोज गजुरेल


काठमाडौँ । हाँस्य कलाकार मनोज गजुरेल प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन् । इन्स्योरेन्सले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बेसडरमा गजुरेललाई नियुक्त गरेको हो ।

मंगलबार एक कार्यक्रम आयोजना गर्दै इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा गजुरेलले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कला र हाँस्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमाजस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रवर्द्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधनसम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT