Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थलक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक


काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसीप (पीसीएएफ) सँग २०२१ देखि आबद्व छ।

पीसीएफ वित्तीय संस्थाहरूको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्याँसको मूल्यांकन र सोको विवरणहरू संकलन तथा सार्वजनिक गर्ने गर्दछ ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आवसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४.५१ टन र आवासीय कर्जा मार्फत १२ हजार ३२०.६० टन कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनडाइअक्साइडको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको जनाएको छ ।

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्ण(रूपमा डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकलाई दिगो अभ्यास गर्न प्रेरित गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT