Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थतुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले दाङको तुल्सीपुर मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

तुल्सीपुर उप–महानगरपालिका-६ मदनआश्रित चोकमा रहेको कार्यालयमा बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

तुल्सीपुर उप–महानगरपालिकाका प्रमुख टिकाराम खड्काले सो एक्सटेन्सन काउन्टरको उद्घाटन एक समारोहबीच गरेका छन् ।

सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ ।

यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरूको संख्या ६८ पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार

नेपालको ऋण झन्डै २४ खर्ब पुग्यो

काठमाडाैँ । नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखसम्म

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

सुनको भाउ १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार

भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका–५ मा बुधबारदेखि

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँ घट्यो

काठमाडौँ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घटेको छ । हिजो अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज

Techie IT