Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुरु भयो पेट्रोलियम अन्बेषणात्मक ‘वेल ड्रिलिङ’

सुरु भयो पेट्रोलियम अन्बेषणात्मक ‘वेल ड्रिलिङ’


काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खनन्का लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै अन्बेषणात्मक (वेल) कार्यको उदघाटन गरिएको छ ।

आइतवार संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक (वेल) ड्रिलिङ कार्यको उदघाटन गरेका हुन् । पेट्रोलियम पद्धार्थको अन्बेषणात्मक ड्रिलिङ कार्यको उदघाटन गर्दै उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पेट्रोलियम पद्धार्थको अन्बेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।

उनले देशमा भएका थुप्रै खानीहरुको अध्ययन अनुसन्धान गरी उत्खनन गर्न नेपाल सरकार लागिरहेको बताए । उनले दैलेखमा पेट्रोलियम पद्धार्थ भएको पुष्टि भएमा देशलाई आर्थिक रुपमा ठुलो टेवा पुग्ने र पेट्रोलियम पदार्थको आयात होइन निर्यात गर्ने मुलुकका रुपमा नेपाल चिनिने बताए ।

तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको परियाजनाले सार्थकताउन्मुख भएको छ, अब छिट्टै परियोजनाले मुख्य ड्रिलि«ङको काम सक्नेबित्तिकै पे«टोलियम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्बेषण तथा उत्खननका कामहरु हुने मन्त्री भण्डारीको भनाइ छ ।

खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको जानकारी दिए ।

उनले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको जानकारी दिए । उनले भने, “अहिलेसम्म १७५ वटा ट्रकहरु दैलेख पुगेको छ । अझै बाँकी रहेको उपकरणहरु ल्याउने काम भइरहेको छ ।”

चीनको केरुङ नाकाबाट अन्य उपकरण ल्याउने तयारी गरिरहेको परियोजनाका प्रतिनिधिले जनाउनुभएको छ । दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबिच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबिच अन्वेषण र उत्खनन् गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत पहिलो चरणको काम चिनियाँ प्राविधिक टोलीले पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भेगरी चार वटा सर्भेका काम तोकिएकै समयमा सम्पन्न गरिसकेको थियो । नेपालमा देखिएको कोरानाका कारण एक वर्ष धकिलिएको काम कोरोना नियन्त्रण भएपछि सुरु गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT