Techie IT
२०८२ असार २२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा विविध कार्यक्रम


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ३०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम सञ्चालन गरेको छ ।

सो अवसरमा बैंकले वित्तीय साक्षरता र्‍यालीका साथै ८ वटा शाखा मार्फत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ ।

६ जेठमा ८ वटा शाखा कार्यालयहरू मार्फत आयोजना गरिएको रक्तदान कार्यक्रम २९५ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

५ जेठमा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम पनि सञ्चालन गरेको छ । प्रभातफेरी कार्यक्रममा केन्द्रीय, प्रादेशिक र शाखा कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले ७ जेठमा देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरी बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा ८ जेठमा स्वास्थ्य शिविर र ९ जेठमा आँखा शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा बैंकले २२, २३ र २४ जेठमा ‘महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२४’ आयोजना गर्ने भएको छ । महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङ्खलामा १६ टिमको सहभागिता रहने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT