Techie IT
२०८० जेठ १६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थलगातार चौथो दिन पनि शेयर बजार बढ्यो

लगातार चौथो दिन पनि शेयर बजार बढ्यो


काठमाडौँ। शेयर बजार लगातार चौथो दिन आज पनि वृद्धि भएको छ। हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८८ अङ्कले बढेर १ हजार ८८३ दशमलव २० विन्दुमा पुगेको छ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ। होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखरा महानगर माहुरीका घार वितरण गर्दै

कास्की । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौँ । सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको

एम बैंकबाट आईएमई पेमा पैसा लोड गर्ने ग्राहकलाई एक हजार…

काठमाडौँ। आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले एम बैंक मार्फत आईएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु १०००

सुनको मूल्य तोलामा २४ सयले बढ्यो

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४००

टीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर सकिन ३ दिन मात्रै बाँकी

काठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन

क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ।

Techie IT