Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित

एनआईसी एशिया बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ बाट सम्मानित


काठमाडौँ । एनआईसी एशिया बैंकले बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवाप्रदायक इन्फोसेस फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’अन्तर्गत सन् २०२४ मा एनआईसी एशिया बैंक सम्मानित भएको हो ।

नेपालको डिजिटल बैंकिङ सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रियस्तरको अनलाइन बैंकिङ सेवा प्रदान गरेबापत यो बैंकले १० विधामा २०० आवेदनबीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ ।

आईसर्भ यो बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रूपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ ।

त्यसरी ग्राहक सेवा, भुक्तानी, कार्ड, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ, टेलर, अनलाइन, मर्चेन्ट सेवा तथा ट्रेड सेवाजस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७१ एटीएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित शाखा सञ्जाल विस्तार गरी सेवा दिँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT