Techie IT
२०८१ असार ३२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंकलाई


काठमाडौँ। महालक्ष्मी कर्पोरेट क्रिकेट लिग– २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। २२ जेठमा सम्पन्न प्रतियोगितामा माछापुच्छ्रे बैंकलाई पराजित गर्दै प्राइम कमर्सियल बैंकले उपाधि जितेको छ। हारसँग माछापुच्छ्रे बैंकले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

इमाडोलस्थित बलपार्क इन्डोरमा २० जेठदेखि सञ्चालित लिगमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी १६ टिमको सहभागिता रहेको थियो।

प्रतियोगितामा एनआईसी एसिया बैंकका सञ्जय गिरी उत्कृष्ट फिल्डर, एनआईसी एसियाकै रितेश अधिकारी उत्कृष्ट विकेट किपर, कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा उत्कृष्ट बलर, कामना सेवा विकास बैंककै शमिर थापा क्षेत्री उत्कृष्ट ब्याट्सम्यान, प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले विजेता एवम् उपविजेता टिम, विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बीच भाइचारा, आत्मियता, सद्‍भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए।

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

२९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई उनले धन्यवाद समेत दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नयाँ सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन:…

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट बाधक

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन

मधेस प्रदेस सरकारको बजेट खर्च ५६ प्रतिशत

धनुषा । मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

सुनको मूल्य स्थिर

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

Techie IT