Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थप्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता


काठमाडौँ । आफ्ना कर्मचारीहरूलाई लक्षित गर्दै प्रभु बैंकले नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग छुट सम्झौता गरेको छ । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटलका विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट वाग्मतीका प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरूले परिचयपत्रको आधारमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले दिने सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, उक्त समारोहमा महिला कर्मचारीहरूलाई लक्षित गरी स्तन र पाठेघर सम्बन्धी क्यान्सरबारे जानकारी पनि गराइएको थियो । स्तनसम्बन्धी क्यान्सरका डा. प्रफुल्ल शाक्य र पाठेघरसम्बन्धी क्यान्सरकी डा. अनु बज्राचार्यले चेतनामूलक सन्देश प्रस्तुत गरेका थिए ।

हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०७ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT