Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थपेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा लिटरको दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरको पाँच रुपैयाँले भाउ बढाएको निगमले जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

भाउ बढेपछि अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य लिटरको एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीटेलको मूल्य लिटरको एक सय ५४ रुपैयाँ ५० पैसा पुगेको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६६ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको एक सय ५६ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको एक सय ६७ रूपैयाँ तथा डिजेल र मट्टीतेल भाउ लिटरको एक सय ५७ रूपैयाँ पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT