Techie IT
२०८२ असार १८, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थएसयूभी एमजी हेक्टरले जित्यो प्रतिष्ठित उपाधि

एसयूभी एमजी हेक्टरले जित्यो प्रतिष्ठित उपाधि


काठमाडौँ । एमजी मोटर इन्डियाले पाचौँ वार्षिकोत्सव मनाउँदै गर्दा सो कम्पनीको लोकप्रिय गाडी ‘एसयूभी एमजी हेक्टर’ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

माउन्टेन गोटसँगको सहकार्यमा एमजी हेक्टरले भारत बुक अफ रेकर्ड्समा ‘सबैभन्दा कम उचाइबाट सबैभन्दा उच्च उचाइसम्मको सडक यात्रा’ शीर्षकमा प्रतिष्ठित उपाधि जितेको छ ।

यो अभियान २७ जुलाई २०२४ मा दिउँसो १:३० बजे केरलाको कुट्टानाडबाट सुरु भएर, ३० जुलाई २०२४ मा बिहान ८:२८ बजे लद्दाखको उम्लिङ लामा सम्पन्न भएको थियो । उक्त यात्रा ३,८४६ किलोमिटर कभर गर्दै जम्मा ६६ घण्टा ५८ मिनेटमा सम्पन्न भयो, जसले एमजी हेक्टरलाई यो उपलब्धि हासिल गर्ने सबैभन्दा छिटो एसयूभी बनाएको छ ।

हरेक सडक अवस्थाअनुकूल बनाउन डिजाइन गरिएको यस एसयूभीले आफ्नो सुरुवाती वर्षमै २५ हजार युनिट बिक्रीको आँकडा पार गरेको छ । फेब्रुअरी २०२१ सम्ममा ५० हजार युनिटको महत्त्वपूर्ण उपलब्धि हासिल गर्‍यो । ५० हजारौँ हेक्टर गुजरातको वडोदरास्थित एमजीको हलोल प्लान्टमा सम्पूर्ण महिलाहरूको टोलीद्वारा निर्माण गरिएको थियो ।

कम्पनीका अनुसार, उच्च-शक्ति स्टिल, हट-स्ट्याम्प गरिएको बी पिलर, बाक्ला ढोकाका प्यानलहरू र रोल-फर्म गरिएको ट्युबुलर स्टिलका ढोकाहरू भएको हेक्टरले यात्रुहरूको सुरक्षालाई बढाउने उद्देश्य राखेको छ । यसका प्रमुख सुरक्षा विशेषताहरूमा छ एयरब्याग, ३६०-डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), हिल असिस्ट कन्ट्रोल (एचएसी), चारवटै पाङ्ग्रामा डिस्क ब्रेक, सबै सिटहरूका लागि ३-प्वाइन्ट सिट बेल्ट, इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी) र अगाडि पार्किङ सेन्सरहरू छन् । यस एसयूभीमा ट्राफिक जाम असिस्ट (टीजेए) र अटो टर्न इन्डिकेटर्सजस्ता एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टमहरू (एडीएएस) पनि छन्, जसले सुरक्षित र आरामदायी ड्राइभिङ अनुभव सुनिश्चित गर्छ ।

एमजी हेक्टरले भारतकै सबैभन्दा ठूलो ३५.५६ सेमी (१४ इन्च) एचडी पोट्रेट इन्फोटेन्मेन्ट प्रणाली नयाँ प्रयोगकर्ता इन्टरफेससहित प्रदान गर्छ । यसले पहिलोपटक सेग्मेन्टमा डिजिटल ब्लुटुथ कुञ्जी र कुञ्जी साझा गर्ने सुविधा पनि उपलब्ध गराउँछ । साथै, यसमा १०० भ्वाइस कमान्डहरू र पाँच भारतीय भाषामा नेभिगेसन भ्वाइस मार्गदर्शनसहित ७५ भन्दा बढी कनेक्टेड सुविधाहरू छन् । इनफिनिटीद्वारा सुसज्जित यस एसयूभीको प्रिमियम अडियो प्रणालीले वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेसहित ३६०-डिग्रीको प्रभावशाली ध्वनि अनुभव प्रदान गर्दछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT