Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनको भाउमा नयाँ कीर्तिमान

सुनको भाउमा नयाँ कीर्तिमान


काठमाडौं । तीजको दिन सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य एक हजार ३०० रूपैयाँ बढेको हो। बिहीबार स्थानीय बजारमा एक लाख ५२ हजार तोला सुन किनबेच गरिएको थियो।

भदौ महिना लागेपछि सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान बनिरहेको छ। ५ गते १ लाख ५३ हजार, १२ गते १ लाख ५३ हजार १ सय, १३ गते १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएयता आज नयाँ उचाइमा पुगेको हो।

चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। चाँदी आज १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। बिहीबार चाँदी १ हजार ७ सय ६५ रुपैयाँ र बुधबार मूल्य एक हजार सात सय ६५ रूपैयाँ तोकिएको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार

रेशमा चियाको व्यावसायिक उत्पादन शुरु

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा

भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’

काठमाडाैँ । आउँदो भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ

चुनौतीको चक्रव्यूहमा नेपाली अर्थतन्त्र

नेपालको अर्थतन्त्र अहिले अनेकौं घरेलु र बाह्य चुनौतीको दोहोरो चक्रव्यूहमा फसेको छ । महामारीपछिको पुनरुत्थान, वित्तीय अनुशासनको कमी, कर्जा वितरणको

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल

Techie IT