Techie IT
२०८२ साउन ४, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा, ५० प्रतिशत क्यासब्याक

नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा, ५० प्रतिशत क्यासब्याक


काठमाडाैँ । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेले जनाएको छ ।

योसँगै नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिट भर्चुअल बनेको कम्पनीको भनाइ छ ।

सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै प्राप्त गर्न सकिने भएको छ । यो क्रेडिट कार्डबाट १४ लाखभन्दा बढी फोनपे मर्चेन्टमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सकिनेछ ।

यस्तै, मासिक खर्च ट्रयाक गर्न मिल्नेदेखि ४५ दिनसम्म ब्याजबिनाको क्रेडिट अवधि पाइने बैंकले जनाएको छ ।

५० प्रतिशत तत्काल क्यासब्याक अफर
सुरुआती चरणमा बिहीबारदेखि कार्ड प्रयोग गरेर कुनै पनि भुक्तानी गर्दा ५० प्रतिशत एक हजार रुपैयाँसम्म क्यासब्याक पाइने योजना फोनपे तथा बैंकले ल्याएको छ ।

सीमित समयको अफर सिटिजन्स फोनपे क्रेडिट कार्डका सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ ।

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेलले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।

फोनपेका सीईओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्डले डिजिटल भुक्तानीमा थप सजिलो अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT