काठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको मूल्य मन अर्थात ४० किलोग्रामको अर्थात् ९७ हजार रुपियाँ पुगेको हो ।
शनिबार प्रतिमन ९७ हजार रुपियाँमा कारोबार भएको छ । ठुलो दाना, धुलो र पुच्छररहित गुणस्तरीय अलैँची उक्त मूल्यमा खरिदबिक्री भएको हो । सामान्य अर्थात् चलनचल्तीको अलैँची भने प्रतिमन ९१ हजार रुपियाँमा कारोबार भएको छ । शुक्रबारसम्म अलैँचीको मूल्य स्थानीय बजारमा मनको ९० हजार रुपियाँ रहेको थियो । प्रतिमन एक हजार र एक हजार पाँच सय रुपियाँले वृद्धि हुँदै आएको अलैँचीको मूल्य यस पटक एकैचोटी छ हजार रुपियाँभन्दा बढीले वृद्धि भएको हो ।
यस वर्ष अलैँची बजारमा उपलब्ध हुन सुरु हुँदा नै मूल्य मनको ६० हजार रुपियाँभन्दा माथि थियो । अलैँची बजारमा आउन थालेपछि मूल्य निरन्तर बढ्दै गएको छ । हिजोआज लेक क्षेत्रमा रहेको बगानबाट किसानले धमाधम अलैँची निकाली रहेका छन । मङ्सिर पहिलो सातासम्ममा अलैँची टिप्ने र थन्क्याउने काम सकिने किसानको भनाइ छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार
काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड
काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
भोजपुर । भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट