Techie IT
२०८१ फागुन २, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थलाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ


मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै आएका छन् ।
उनले जिल्लाको गौरादह–२ मा ‘निर्मल चप्रा उद्योग’ सञ्चालन गरी वार्षिक एक सय देखि डेढ सय मजदुरलाई लाहा बाँध्ने, खोल्ने, काट्ने र प्रशोधन गर्न रोजगारी दिनुभएको छ । उनले भने “लाहाखेती बाट मनग्य आम्दानी गर्न सकिन्छ ।”

लाहा बाट उत्पादन हुने चप्राको माग बढे सँगै विश्वकर्माले धनकुटा, भोजपुर र तेह्रथुमका किसानलाई लाहाखेती गर्न सिकाएर खरिद गर्दै आएका छन् । वर्षमा दुई याममा उत्पादन हुने लाहा उनले वार्षिक आठ हजार किलोग्राम सम्म उत्पादन गर्दै आउनुभएको छ । उनको अनुसार कोशी प्रदेश बाट वार्षिक २०–२५ क्विन्टल सम्म उत्पादन हुने गरेको छ ।

झापा बाट शुरु गरेको लाहाखेतीले कोशी प्रदेशका पाँच जिल्लामा रोजगारी सृजना शुरु गरेको पूर्व डिभिजन वन अधिकृत विष्णुलाला घिमिरेले बताए । कोशी प्रदेशको चतराको बगर बाट राजमार्ग उत्तरको जङ्गली भेग हुँदै मेची सम्म लाहाखेतीका लागि उपयुक्त क्षेत्र भएको उनले बताए ।

लाहाको बीउ उत्पादन गर्न बयरको बोट उत्तम हो । एक किलो लाहा बराबर पाँच सय ग्राम चप्रा निस्किने गरेको छ । रङ्गीन लाहा रु सात–आठ सयमा बिक्री हुँदै आएको छ भने कुसुमी लाहा एक हजार प्रतिकेजी बिक्री हुने गरेको छ । विश्वकर्मामा प्रदेशभरिका लाहा खरिद गर्ने र प्रशोधन गरी चप्रा उत्पादन गर्दै आएका छन् ।

उक्त चप्रा पूर्वकै बजारमा अपुग रहेको विश्वकर्मा बताउछन् । लाहा बाट चप्रा निस्किन्छ भने चप्र बाट रेजिन, गम र पप्स तीन चिज निस्किन्छ । उक्त चप्रा सुन तथा फर्निचर पसलमा जाने गरेको छ ।

लाहाखेतीका लागि धनकुटाको साँगुरीगढी गाउँपालिका र चौबीसे गाउँपालिका उर्वरभूमि रहेको मोरङ जिल्ला वन कार्यालयका प्रमुख उत्सव थापाले बताए । लाहाखेती बहुआयामिक भएकाले कोशी प्रदेश सरकारले लाहाखेती विस्तार र प्रवर्द्धन कार्यक्रम नै शुरु गरेको थापा बताउछन् । राम्रो आम्दानी र रोजगारी सृजना हुने भएकाले बाँझो खेत राख्नु भन्दा लाहाखेती लगाएर आम्दानी बढाउन सामुदायिक वन र किसानलाई थापाले सल्लाह दिँदै आएको बताउछन् ।

तराई भेगको तातो हावापानी भएको क्षेत्रमा हुने, शिरिष, मौवा, वडहर, कुसुम खयर, बयर जस्ता कमलो बोक्रा भएका रुखमा यसको खेती हुने गरेको छ । लाहा एक प्रकारको कीरा हो । रङ्गीन र कुसुमी प्रजातिका कीरा बाट लाहा उत्पादन हुने गर्छ । यो भाले र पोथी गरी दुई प्रजातिको हुन्छ । यस कीराले उत्पादन गरेको चोप बाट लाहा उत्पादन हुने गर्दछ । यो फिमेल लाहा कीराले गर्भधारण गर्ने बेलामा निस्किएको तरल पदार्थ बाट उत्पादन हुने डम्बर विश्वकर्माले बताए ।

विश्वकर्मा सात वर्ष भारतको पश्चिम बङ्गालको लाहा कारखानामा काम गरी २०७५ साल बाट गौरादहमा लाहाको खेती सँगै चप्रा प्रशोधन गर्दै आएका छन् । चप्रा माग अनुरुप उत्पादन नभएको र भारत बाटै आयात गर्नुपरेको विश्वकर्माले बताए । तराईका वन र बाँझो खेतमा यो खेती गरे रोजगारी र आम्दानी दुवै हुने डम्बर विश्वकर्माको भनाइ छ ।

प्रशस्त उत्पादन हुने क्षेत्र भए पनि किसान र सामुदायिक वनलाई यस विषयमा जानकारी नभएकाले आम्दानी गर्न नसकेको विश्वकर्मा बताउछन् । विश्वकर्माले झापा गौराहदमा पाँच बिघा जमिन लिजमा लिएर लाहाखेती सँगै प्रशोधन र खरिदबिक्री गर्दै आएका छन् ।

लाहा बाट प्रशोधन गरेको चप्रा बाट सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन, मेकअपका समान निर्माण गर्न, औषधिमा प्रयोग गर्न र शीलबन्दीका लागि प्रयोग हुने गर्दछ । नेपालमा प्रशस्तै उत्पादन हुने भए पनि राज्य बाट कुनै पहल नभएकाले व्यावसायिक हुनसकेको छैन । हाल कोशी प्रदेशमा लाहाखेतीलाई मोरङ जिल्ला वन कार्यालयले अभियानका रूपमा अगाडि बढाएको छ ।

जिल्ला वन कार्यालय, नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा मोरङको पथरी शनिश्चरेमा ‘लाहाखेती प्रवर्द्घनमा मिडियाको भूमिका’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ । उक्त कार्यक्रममा जिल्ला वन कार्यालयका प्रमुख थापा, पूर्व डिभिजन वन प्रमुख घिमिरे र लाहाखेती गर्दै आएका विश्वकर्माले लाहाखेतीका बारेमा सहजीकरण गरेका थिए ।

राज्यले एउटा कार्यक्रम बनाएर यस खेतीका बारेमा प्रचारप्रसार गर्ने र सरकारी तह बाट कार्यक्रम नै बनाएर सामुदायिक वन समितिले यस्तो खेती गरेर उत्पादन गर्न सके करोडौँको आम्दानी राज्यले लिन सक्ने थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT