Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक

‘बजाज ग्रान्ड कार्निभल’मा पल्सर एन १२५ र एन १६० सार्वजनिक


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ कार्यक्रममा नयाँ दुई मोडेल सार्वजनिक गरेको छ । मंगलबारदेखि सुरु भएको ‘बजाज ग्रान्ड कार्निभल’ कम्पनीले पल्सर सिरिजअन्तर्गत नयाँ डिजाइन र प्रविधिसहित पल्सर एन १२५ र पल्सर एन १६० नेपाली बजारमा सार्वजनिक भएको हो ।

पल्सर एन १२५ पुराना एन सिरिज बाइकहरूभन्दा पूर्ण रूपमा नयाँ स्वरूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । आकर्षक र मस्कुलर डिजाइनसहितको यस बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट तथा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । क्लस्टरमार्फत स्पिड, आरपीएम, गियर पोजिसन, फ्युल लेभल र घडीसम्बन्धी जानकारी देख्न सकिन्छ । यसमा ब्लुटुथ कनेक्टिभिटी सुविधा पनि उपलब्ध छ ।

एन १२५ मा १२५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर–कुल्ड इन्जिन प्रयोग गरिएको छ । झन्डै १२ बीएचपी पावर र पर्याप्त टर्क प्रदान गर्छ । पाँच स्पीड गियरबक्ससहित यो बाइकमा अगाडि कभरसहितको टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन राखिएको छ । अगाडिको टायर ९० एमएम र पछाडिको ११० एमएम चौडाइको छ । बाइकले प्रतिलिटर झन्डै ६० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

त्यसैगरी, बजाजले मंगलबार नै पल्सर एन १६० को नयाँ संस्करण पनि सार्वजनिक गरेको छ । नयाँ मोडेलमा विशेषगरी सिटको डिजाइनमा परिवर्तन गरिएको छ । सिंगल पिस सिट सेटअपले चालक र पछाडिको यात्रु दुवैका लागि बढी आराम दिने कम्पनीको दाबी छ ।

यसमा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, वाई–शेप अलोय ह्वील, स्प्लिट ग्राब रेल र अन्डरबेली एग्जस्ट दिइएको छ । एलईडी डेटाइम रनिङ लाइटसहितको आइब्रो डिजाइन, सानो विन्डस्क्रिन र मस्कुलर इन्धन ट्यांकीले यसको स्वरूपलाई थप आकर्षक बनाएको छ ।

एन १६० मा १६४.८ सीसी क्षमताको आयल–कुल्ड सिंगल सिलिन्डर इन्जिन राखिएको छ, जसले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क उत्पादन गर्छ । यो पनि पाँच स्पीड गियरबक्ससहित आएको हो । यसमा सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस, दुवै चक्कामा डिस्क ब्रेक तथा १७ इन्चको ह्वील जडान गरिएको छ ।

कम्पनीका अनुसार यी दुवै नयाँ मोडेलले एन सिरिजलाई थप सशक्त बनाउँदै नेपाली बजारमा बजाजको उपस्थिति बलियो बनाउने विश्वास गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT