Techie IT
२०८२ असार २४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थदुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ

दुग्ध किसानले पाउनुपर्ने बक्यौता पुग्यो ५ अर्ब रुपैयाँ


काठमाडौं । सरकारी र निजी क्षेत्रका दुग्ध व्यवसायीबाट किसानलाई दुध खरिद गरेको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसी र निजी डेरी उद्योगले दुध खरिद गरेबापतको किसानको पाँच अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको हो । निजी डेरी उद्योग र डिडिसीले चार महिनादेखि छ महिनासम्मको दुधको भुक्तानी नगर्दा किसान मारमा परेका छन् ।

डिडिसीले मात्रै एक अर्ब रुपैयाँ र निजी दुग्ध डेरीको साढे तीन अर्बदेखि चार अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको केन्द्रीय दुग्ध उत्पादन सहकारी सङ्घले जनाएको छ । दुधको भुक्तानी नियमित नहुँदा किसान मारमा परेका छन् ।

दुध बिक्री नहुँदा नियमित रूपमा रकम भुक्तानी गर्न नसकेको डेरी उद्योगीको भनाइ छ । दुधको खपत बढाउन दुध तथा दुग्धजन्य पदार्थको विविधीकरण गर्न आवश्यक यनीहरुको भनाइ छ । बजारमा ७० प्रतिशत निजी डेरी र ३० प्रतिशत डिडिसीले दुध वितरण गर्ने गरेका छन् ।

डेरी उद्योग सङ्घका अनुसार दैनिक ३१ करोड रुपैयाँ बराबरको ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । दैनिक १२ करोड रुपैयाँ बराबरका दुध बिक्री हुने गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT