Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थहेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु


हेटौँडा । दुई महिनादेखि बन्द रहेको हेटाँैंडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।

क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ ।

उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले रासससँग आज कुराकानी गर्दै उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताए । उनले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिए । उनका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ ।

महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गरे ।

हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायक महाप्रबन्धक नवीन कुमार कर्णले जानकारी दिए । “यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ । अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ”, उनले भने ।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गर्दै आएको थियो । उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्नुका साथै काठमाडौंँलगयात विभिन्न सहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णको भनाइ थियो ।

उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिए । सरकारलाई उद्योगमा रहेका विद्यमान समस्याका बारेमा जानकारी गरिसकिएकाले त्यसतर्फ पहल गरिदिन सम्बन्ध निकायलाई उनले आग्रह पनि गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

Techie IT