Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थहिप्को सुपरबिल्डले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने

हिप्को सुपरबिल्डले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने


काठमाडौँ। हिप्को सुपरबिल्ड उद्योगले वीरगञ्जमा स्टिल फ्याब्रिकेसन तालिम एवम् रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। हुलास स्टिल उद्योग अन्तर्गतको हिप्को सुपरबिल्डले वीरगञ्ज महानगरपालिका–३१ बेलवाको परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा तालिम तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको हो।

उद्योगका अनुसार असार महिनामा सञ्चालन हुने यो तालिम सात दिनसम्म चल्ने छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका नेपाली नागरिकहरु तालिममा सहभागी हुन पाउने छन्।

तालिम विशेष गरी स्टिलरफलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको उद्योगको भनाइ छ। तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरुलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्दछ।

हुलास स्टिलले प्राकृतिक श्रोत र सामाजिक विकासलाई सन्तुलनमा ल्याउँदै समग्र मुलुकको दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको उद्योगको भनाइ छ।

यस कार्यक्रमले नेपालको श्रम बजारको प्रमुख चुनौतीलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम नेपालको लुम्बिनी र मधेश प्रदेशमा कार्यान्वयन हुँदै आएको छ।

कार्यक्रमलाई दिवाकर गोल्छा कर्पोरेसन अन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आइरहेको छ भने यसको साझेदारी नेपाल उद्योग परिसंघ र मेक इन नेपाल ९स्वदेशी० अभियानले गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT