Techie IT
२०८२ असार २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थकिमा नुडल्सको लागि ‘बटुवा कर्नर’!

किमा नुडल्सको लागि ‘बटुवा कर्नर’!


काठमाडौँ। नेपालमा नै पाँच वर्षअघि केही गर्छु भनेर विद्यार्थीहरुद्वारा स्थापना गरिएको एक फास्टफुड रेष्टुरेन्ट सफलतापूर्वक चलिरहेको छ। काठमाडौँको बसुन्धरामा चलिरहेको ‘बटुवा कर्नर’ रेष्टुरेन्ट उपत्यकामा फास्टफुडको संस्कृति बढाउनका लागि स्थापना गरिएको सञ्चालकको भनाई छ।

बिभिन्न हिसावले रेष्टुरेन्ट सञ्चालन गर्न सकिने भए पनि मध्यमस्तरको खर्च गर्न सक्नेहरुको लागि सस्तोमा स्वस्थकर खाना प्रदान गर्नको लागि यो रेष्टुरेन्ट सञ्चालन गरिएको हो।

कोभिड– १९ को महामारी अघि सञ्चालनमा आएको यो रेष्टुरेन्ट झण्डै बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो। तर, त्यस्तो चुनौतिको समयमा पनि ‘होम डेलिभरी’को कन्सेप्टबाट सुरु गरिएपछि भने सञ्चालन खर्च जुटाउन सक्षम रहेको रेष्टुरेन्टका सहसञ्चालक राजोन गुरुङ बताउँछन्। विद्यार्थी समेत रहेका उनी केही समय वैदेशिक रोजगारीको लागि पनि गए। ४ वर्ष विदेश बसेपछि नेपाल नै फर्केर केही गर्ने उत्साह बोकेर उनी फर्किए। गुरुङसहित चार जना मिलेर १६ लाखको लागतमा रेष्टुरेन्ट सञ्चालनमा ल्याए। सबैको सामूहिक प्रयासबाट सञ्चालनमा आएको रेष्टुरेन्टले राम्रो व्यापार गरिरहेको छ।

उनीहरुको रेष्टुरेन्टमा धेरै परिकारहरु त छैनन्। किनकी उनीहरुले आफ्नो रेष्टुरेन्टको छवि सीमित गुणस्तरिय परिकारबाट मात्रै बनाएका छन्। न्यून शुल्कमा राम्रो खाना समयमा नै प्रदान गर्दा धेरैको रोजाई बटुवा कर्नर बनेको उनीहरुको भनाई छ। बटुकमा आउने ग्राहकहरुले किमा नुडल्स अर्डर गर्न मनपराउँछन्। बजारमा पाइने भन्दा उनीहरुले तयार पार्ने नुडल्स राम्रो भएको उनीहरुको दाबी छ। स्वादमा पनि केही फरक साथै, किमा नुडल्ससँगै नेपाली नाचोज र मसला र ट्याङ्गी नेपाली अचार पनि उनीहरुले सर्भ गर्दा ग्राहकहरु फर्केर आउने गरेको सञ्चालक गुरुङ बताउँछन्। साथीहरु मिलेर चेन रेष्टुरेन्ट खोल्ने योजना उनीहरुको रहेको छ। एकै स्थानको सट्टा एउटै परिकार, एउटै मूल्यमा अन्य स्थानबाट पनि दिन सके व्यापारसँगै ग्राहक सन्तुष्टि पनि हुने गुरुङ बताउँछन्।

सञ्चालकहरु व्यापारसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेका छन्। उनीहरुले बिपन्त परिवारलाई आर्थिक सहयोग गर्ने, विद्यार्थीहरुलाई खेलकूद सामग्रीहरु बितरण गर्ने कार्य पनि गर्दै आएका छन्।

(निश्चल थपलिया र प्रनय बालियाँको सहयोगमा तयार पारिएको सामग्री)




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT