Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थसानिमा बैंकद्वारा दिर्घायु बचत योजनाअन्तर्गत बिमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा दिर्घायु बचत योजनाअन्तर्गत बिमा रकम हस्तान्तरण


काठमाडौँ। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रूपैयाँको घातक रोगको बिमा दाबी रकम भुक्तानी गरेको छ। बैंकका खातावाला मतीराम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत तीन लाख रुपैयाँ घातक बीमा रकम भुक्तानी गरेको हो।

सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बिमा प्रदायक कम्पनी मेटलाइफको योजनमा बिमा रकमको चेक हस्तान्तरण गरे।
अधिकारीले सानिमा बैंकको धादिङबेँसी शाखामा उक्त योजनाअन्तर्गत बचत खाता खोलेकी थिइन्।

सानिमा बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बिमा, तीन लाखसम्मको १३ घातक रोगको उपचार बिमा, १० हजार रूपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजार रूपैयाँसम्मको औषधि उपचार बिमा, ५० हजारको आवधिक जीवन बिमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आएको छ।

सानिमा बैंकले १३२ वटा शाखा कार्यालय तथा १२२ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

सुनचाँदीको मुल्य घट्यो

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलाको ३ सयले घटेर १ लाख

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी

सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ

Techie IT