Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थयस्ता छन् ११ महिनाका आर्थिक सूचक

यस्ता छन् ११ महिनाका आर्थिक सूचक


काठमाडौँ । चालु आर्थिक वर्षको जेठसम्म शोधनान्तर स्थितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा शोधनान्तर स्थिति जेठ मसान्तसम्म रू दुई खर्ब २८ अर्ब ९८ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ६९ अर्ब ८१ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ७४ करोडले बचतमा छ ।

प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति छ दशमलव ८३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति आठ दशमलव ५६ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५ दशमलव २९ प्रतिशत, रेष्टुराँ तथा होटलको १४ दशमलव ३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ०६ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ९८ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप(समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६ दशमलव ६० प्रतिशतले घटेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रू १४ खर्ब ८० अर्ब ८७ करोड र अमेरिकी डलरमा ११ अर्ब ३० करोड बराबर देखिएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव २ महिनाको वस्तु आयात र नौ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २२ दशमलव ७ प्रतिशतले र अमेरिकी डलरमा १३ प्रतिशतले बढेको छ । त्यस्तै, आयात १६ प्रतिशतले, निर्यात २२ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले घटेको छ ।

गत जेठ मसान्तसम्ममा सङ्घीय सरकारको खर्च रू ११ खर्ब ७६ अर्ब ७ करोड र राजस्व परिचालन रू ८ खर्ब ३६ अर्ब ८५ करोड रहेको छ । यस अवधिसम्मको विस्तृत मुद्राप्रदाय सात दशमलव आठ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० दशमलव नौ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन आठ दशमलव आठ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव चार प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव दुई प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन प्रतिशत रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

असारमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । केही महिनायता ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकहरूले असारका लागि पनि घटाएका छन् ।बैंकहरूले प्रकाशित गरेको सूचना अनुसार

नेपालले पहिलो पटक बंगलादेशलाई बिजुली बेच्न थाल्यो

काठमाडौं । नेपालले पहिलो पटक बंगलादेशलाई ४० मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात शुुरु गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण शुरु

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना अन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड

Techie IT