Techie IT
२०८१ चैत्र ६, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थबीएमडब्लूको ‘आईएक्स–३’ नेपाली बजारमा

बीएमडब्लूको ‘आईएक्स–३’ नेपाली बजारमा


काठमाडौँ। जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लूको इलेक्ट्रिक एसएभी ‘आईएक्स–३’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स(३ नेपाल भित्र्याएको हो।

कम्पनीका अनुसार बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो। नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने विश्वास कम्पनीले बताएको छ।

नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहीकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स–३ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स–३ को बलियो पक्ष हो। ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ। यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ। यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको कम्पनीले बताएको छ। उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डीसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ।

गाडीमा पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुल्ला आकाशको दृश्यावलोकन गर्न सकिने छ। गाडीको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ। वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील, एम्बीयन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने कम्पनीले बताएको छ।

नवीकरणीय स्रोतहरूको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आईएक्स–३ ले पूर्ण गरेको कम्पनीको भनाइ छ।

काठमाडौँको तीनकुनेमा सुविधा सम्पन्न शोरुम सञ्चालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्लूका विभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ।

पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहीकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन

बागलुङ । बागलुङमा ५ करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई

खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

Techie IT