Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनप्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौँमा हुने

प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौँमा हुने


काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौँको लाजिम्पाटस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ।

आज आयोजक संस्था फर्न इभेन्ट्सले होटल र्याडिसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराईएको हो। आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरुमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको जानकारी गराउँदै भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन्। समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कुरा थाहा भएको छ ्र पत्रकार सम्मेलनमा आयोजक संस्थाका सह–संस्थापक हरिश बब्बरले अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।

‘कोभिड १९ पछि थलिएको दुबै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले उर्जा दिनेछ भन्ने हाम्रो विश्वास छ’ उनले भने। नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंह सहित झण्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहने कुरा जानकारी गराईएको छ।

कार्यक्रममा नेपालको सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउने छ। पत्रकार सम्मेलनमा अत्यन्तै छोटो समयका बाबजुद पनि भारतबाट आउने सेलिब्रेटीहरुलाई नगरकोटको साइट सिन गराउने योजना रहेको जानकारी गराउँदै सांग्रिला भोयाजका प्रवन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रबर्धननमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे। ‘पोखरा र सौराहा पनि लाने ईच्छा थियो। उनीहरुको समय अभावका कारण नगरकोटको भ्रमण पछि पशुपतिनाथ दर्शन गराउने योजना बनाएका छौं’ प्रवन्ध निर्देशक खनालले भने। अवार्ड समारोहमा नेपालको तर्फबाट सृजना शुत्रले सहभागिता जनाएको छ भने सजल जंग के.सी.ले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT