Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र निर्माणमा आएको रुपान्तरण

चलचित्र निर्माणमा आएको रुपान्तरण


काठमाडौँ । विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शन पश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो ।

अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरूआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ ।

चलचित्र ‘द कप’मार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको विश्वप्रख्यात निर्देशक खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले चलचित्र भन्नेबित्तिकै मस्तिस्कमा निर्माण हुने चित्र हलिउड र बलिउडले स्थापित गरेको बताए । “ती उद्योगबाट निर्मित चलचित्र हेर्दै हेराइको विकास गरेका छौँ, त्यहीँ कारण चलचित्र भन्नेबित्तिकै हाम्रो मानसपटलमा हिरो, हिरोइन, भिलेन, गीत र द्वन्द्वजस्ता स्थापित भाष्यको चित्र बन्छ”, उनले भने ।

सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक सुनिल पाण्डेले बताए । उनले भने, “पचासको दशकमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे, दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो ।”

चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाका अनुसार नेपाली चलचित्रको बजार अहिले बढेको छ । ‘कबड्डी ४ः द फाइनल म्याच’ ले घरेलु बजारमा रु २३ करोडको व्यापार गर्नुले भविष्य उज्वल रहेको सङ्केत गरेको उनले बताए । छक्कापञ्जा शृङ्खला, जात्रा शृङ्खलाको बजार पनि उस्तै रहेको उनको भनाइ थियो ।

“पछिल्लो समय चलचित्र जारीकै व्यापार हेर्ने हो भने स्वदेशझैँ विदेशमा पनि राम्रो दर्शक पाएको छ, यसको कुल व्यापारलाई मध्यनजर गर्ने हो भने नेपाली चलचित्रको बजारको आकार बढेको अनुमान गर्न सकिन्छ, दर्शक छन्, बजार छ, अब हामीले चलचित्र बनाउन सक्नुपर्छ”, निर्देशक देउजाले भने ।

मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने । उनी निर्देशित पछिल्लो चलचित्र ‘महापुरूष’ले विदेशमा पनि राम्रो व्यापार गरेको थियो ।

उनीझैँ मौलिक विषयलाई उठान गर्ने क्रम अहिले चलचित्रमा बढेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन् । आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा

पोखरा । दिनेश राउतको निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘महाभोज’ को पोखरामा सोमबार भव्य प्रिभ्यु प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा

चलचित्र सेन्सर बोर्डको सदस्यमा गिरी नियुक्त 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा बरिष्ठ रंग पत्रकार कुबेर गिरी नियुक्त भएका छन् । सञ्चार तथा

अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर

काठमाडौँ । नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि चलचित्र ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ ।

Techie IT