Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती


गण्डकी । कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण बर्सेनि परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गरेकी छन् ।

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुई गीति एल्बम सार्वजनिक गरेकी छन् ।

“कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।

कति दुःख गरियो याद ताजै छन् ।।”

गीतबाट सुरु उनको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई बर्सेनि परनिर्भरतातर्फ डोर्‍याएको उल्लेख गरिएको छ ।

परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा

“हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।

म्युयिममा राख्नुपर्ने बेला आइसके ।।” भनिएको छ ।

रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,

“बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।

अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।

मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।

गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।

किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले

“किसानले खेती गर्दा मल बीउ नपाउने ।

सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भनेकी छन् ।

वाग्लेले कोही कसैलाई दोष मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिएकी छन् । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उहाँका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।

गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याएकी छन् ।

“गारो हुने मनका पीडा परेलीमा लुकाउन ।

फेरि पनि आयो तीज मन दुःखाउन ।।”

उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र वेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताइन् । उनका अनुसार दुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।

गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गर्नुभएको छ भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूर्तेलले गरेको हो । छायाङ्कनमा नेवा खलस् कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् ।

पहिलोपटक वि।सं। २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गरेकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुई, सहरको सुविधा र म, दर्जा बेरोजगारको, आऊ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जँड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसकेकी छन् । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वरिष्ठ गायिका दिलमाया खातीको निधन

काठमाडौँ। वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित उनको गए राति निधन भएको हो। सन्

नेपाली चलचित्रको प्रवद्र्वनमा सघाउन भुवन केसीको आग्रह

लण्डन। युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टा पुगेका छन्। स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका

गायक भरत लिमेलको ‘तिम्रै मोया छ’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङको

‘केजीएफ ३’मा छिटै काम थालिने, २०२५ मा रिलिज गरिने

एजेन्सी । यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम

‘हाई गर्मी’ भन्दै आईन समिक्षा अधिकारी

काठमाडौँ। गायिका समिक्षा अधिकारी र गायक अभिनय निरौलाको स्वरमा रहेको ‘हाई गर्मी’ बोलको रोमाण्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो

काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर

Techie IT