Techie IT
२०८२ असोज २५, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनखोटाङ प्रतिभा–२०८०ः गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ प्रतिभा–२०८०ः गायनमा आश्विन र नृत्यमा कविता छनोट


खोटाङ, ३० साउनः खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् ।

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत ९युके०ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् ।

प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । यस्तै नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिए । ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ”, उनले भने, “प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ ।”

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरेका थिए । खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।

जिल्लाकोे प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०÷३० प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिएका छन् ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारले विसं २०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारको साझा मञ्चका रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको कलाकारले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…

काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

Techie IT