Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउँदै

भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउँदै


काठमाडौँ। भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउँने भएका छन्। यहि श्रावण ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनि नेपाल आउने भएका हुन्।

खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तररास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले दिए।

इन्डियाको फ्रेन्च आइज लिएर उक्त कम्पिटिसन गर्न लागिएको आयोजकले जनाएको छ। आफुमा भएको प्रतिभालाई अन्तराष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिने आयोजकले जनाएको छ । बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरु बिदेशी रहेका छन्।

इन्डियामा प्रसिद्द शोको फ्रेन्च आइजलाइ नेपालमा ल्याएर गर्न लागिएको कम्पिटिसनमा १५० जना सहभागी भएका छन्। कार्यक्रममा नेपाल,मलेसिया,युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन्। फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । अन्तरराष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीहरुलाई बिसेष तालिम दिनेछन्। यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहने खरेलले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT