Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाल म्युजिक भिडियो निर्देशक समाजले श्रष्टालाई सम्मान गर्दै

नेपाल म्युजिक भिडियो निर्देशक समाजले श्रष्टालाई सम्मान गर्दै


काठमाडौँ। नेपाल म्युजिक भिडियो निर्देशक समाजले संगीतरत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई आलोक–सुरज स्मृति सम्मानबाट सम्मानित गर्ने भएको छ।

नेपालमा पहिलो म्युजिक भिडियोको निर्देशन गरेर म्युजिक भिडियोको यात्रा शुभारम्भ गर्दै नेपाली गीत संगीत र म्युजिक भिडियोको विकाशमा अतुलनीय योगदान दिएको भन्दै बासकोटालाई ‘ आलोक–सुरज स्मृति सम्मान’बाट सम्मानित गर्न लागेको समाजले जनाएको छ।

यही ३ भदौ आईतबार काठमाडौँको जमलस्थित नाचघरमा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम समारोहमा बासकोटासहित विभिन्न म्युजिक भिडियो निर्देशकहरुलाई सम्मान गरिने संघका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन्।

नेपाल म्युजिक भिडियो निर्देशक समाजकी कोषाध्यक्ष बबिता श्रेष्ठको संयोजनमा हुने सो कायक्रममा विशेष सम्मानबाट वरिष्ठ लोकगायक प्रेमराजा महत, वरिष्ठ म्युजिक भिडियो सम्पादक प्रकाश तुलाधर, वरिष्ठ म्युजिक भिडियो छायांकार धिरजजङ्ग शाह, वरिष्ठ म्युजिक भिडियो निर्देशक शंकर बिसी र वरिष्ठ म्युजिक भिडियो महिला निर्देशक अनुपा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मानित गरिने भएको छ।

सोही समारोहमा वरिष्ठ म्युजिक भिडियो तथा चलचित्र निर्देशक तथा प्रतिनिधि सभा सांसद असिम शाहलाई मानार्थ सदस्य सम्मानबाट सम्मानित गरिने समाजका महासचिब सुव्रतराज आचार्यले जानकारी गराएका छन्।

सम्मान समारोहमा विभिन्न श्रष्टाहरुले नृत्य एवम् विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कार्यक्रममा अग्रज गायक आनन्द कार्कीसहित गायक गायिकाहरु यस कुमार, प्राश्ना शाक्य, जुनु रिजाल काफ्ले, रामजी खाँडले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने भएका छन्।

यस्तै गायकरअभिनेता दुर्गेश थापा, मोडल÷नृत्याङ्गना करिश्मा ढकाल, बाल कलाकार जेविन÷जेविश श्रेष्ठले पनि कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक बबिता श्रेष्ठले जानकारी गराएकी छिन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT