Techie IT
२०८१ माघ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनएउटै मितिमा मुकुनका दुई चलचित्र हलमा लाग्दै

एउटै मितिमा मुकुनका दुई चलचित्र हलमा लाग्दै


काठमाडौँ । नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुआत गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने ।

चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो । उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो ।

“पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो । यी दुवै चलचित्रमार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ”, अभिनेता भुसालले भने, “रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ । यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ । त्यसैले हामी कलाकारले दुवै चलचित्रमा काम गर्नुपर्छ ।”

दुई चलचित्रमार्फत फरकरुपमा सफलता पाउनुभएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुई चलचित्र एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ । दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान छन्।

“मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो”, अभिनेता भुसालले भने, “एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ । यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ । यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

Techie IT