Techie IT
२०८१ वैशाख २०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद ३’ निर्माण गरिने


काठमाडौँ। ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ। ‘पशुपति प्रसाद २ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो।

निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताए। उनले भने, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ। यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ। यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ।”

लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै छन्। “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु। दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ? भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो। त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ”, अभिनेता लामिछानेले भने।

रोजिना सिटौलाले निर्माण गर्नुहुने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उनले जानकारी दिए। यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ भष्मे डन’ निर्माण गरेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ।

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

यस्तो छ ‘खजुरे ब्रो’को ट्रेलर

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म हो ‘खजुरे ब्रो’ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच फिल्मको ट्रेलर

‘फर्की फर्की’को गीतमा अनमोल र जसिताको रोमान्स

काठमाडौँ । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा रोमन बज्राचार्य र निकिथा थापाको

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

Techie IT