Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनहेरिटेज प्याजेन्टस् थाइल्याण्डमा सुरु, नेपालबाट आजमा र लिलि सहभागी

हेरिटेज प्याजेन्टस् थाइल्याण्डमा सुरु, नेपालबाट आजमा र लिलि सहभागी


काठमाडौंँ । सौन्दर्य प्रतियोगिता मार्फत् मौलिक परंपरा, संस्कार, कला संस्कृति, इतिहासलाई सम्वद्र्धन र प्रवद्र्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तराष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट औपचारिक सुरु भएको छ । थाईल्याण्डको राजधानी बैंकक शहरमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागीतासँगै सुरु भएको प्रतियोगितामा सहभागिहरुलाई उनीहरुको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँंगै प्रतियोगिताले गति लिएको हो ।

अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेसनल कस्ट्युम पहिरनको फोटो सुट समेत भैसकेको छ ।

यसैगरी सहभागिहरु वीच मित्रता, एक अर्काको संस्कृति, परंपरालाई बुझ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चुलरल उपहार आदान प्रदान गर्ने कार्यक्रम पनि भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि संचालन गरिएको छ । जसअन्तर्गत अर्गानिक मलको उपयोगिता र उत्पदान बारे कार्यशाला संचालन गरिएको थियो । कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चुरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्याण्डको ऐतिहासिक शहर आयुथयाको भ्रमण लगायतको गतिविधि संचालन भइसकेको छ ।

ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक शहरस्थित ईएससि पार्क होटलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा संचालन हुँदैछ । प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगिहरु विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगीतामा नेपालबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ विजेता आजमा महर्जन र लिलि महर्जन सहभागी छन् ।

प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतिकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्रफार रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए खेल गीत

काठमाडौँ। हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन्। खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका

सज्जा चौलागाई र न्ह्यू बज्राचार्यले ल्याए किनाराको ढुंगा

काठमाडौँ। नेपाल आइडलबाट चर्चा कमाएकी गायिका सज्जा चौलागाईको स्वर रहेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गीतकार कमला

शाहरुखको ‘डंकी’को ट्रेलर सार्वजनिक

काठमाडौँ। बलिउड स्टार शाहरुख खानको चलचित्र ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा विदेशिन संघर्षरत पञ्जाबका गाउँले युवाको कथा समेटिएको छ।

रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडित

एजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे ।

अस्मिताले दिइन् अमेरिका १२ सहरमामा कन्सर्ट, ४५ दिनको कन्सर्ट यात्रा…

टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन्। ‘यूएसए फर्स्ट म्युजिकल यात्राः भोल्युम

‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

काठमाडौँ। कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन्। कलाकार घिमिरे र

Techie IT