Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न

तेस्रो आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न


काठमाडौँ । तेस्रो संस्करणको आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । काठमाडौँको चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिवार दिनभर चलेको महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् भने समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

महोत्सवकै अवसर पारेर चौथो आइर्वाट लघु चलचित्र प्रतियोगिताका विजेताहरूलाई मन्त्रीको शर्माको उपस्थितिमा पुरस्कार प्रदान गरिएको थियो । महिलाद्वारा निर्देशित ३ देखि १५ मिनेट लामा चलचित्रहरूले सहभागिता जनाएको सो प्रतियोगितामा अनुष्का अर्यालद्वारा निर्देशित सङ्कुल प्रथम भयो । त्यस्तै, अनिता स्याङबो निर्देशित वर्थ, श्रेयन राजभण्डारी निर्देशित अक्वारियम, पुनम पौडेल निर्देशित लिभिङ विथ डिग्निटी र सरिता शाह निर्देशित नोटबुकले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।

डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार प्रसुना डङ्गोल लगायतको उपस्थिति रहेको थियो । महोत्सवमा भएको प्यानल डिस्कसनमा डेलिगेट्सहरूको सहभागिता थियो ।

महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । कम्बोडियाको सेक्रेट किलर, ट्युनिसियाको द नाइट अफ द ब्लाईन्ड मुन, तान्जानियाको मुहाली, किर्गिस्तानको सागा अन ओमेन लगायतका चलचित्रहरूको प्रदर्शन भएको थियो ।

कार्यक्रमको उद्घाटनको क्रममा उपसभामुख राना मगरले फिल्ममेकरले उठान गरेका हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्ने बताइन् । केही चलचित्र हेरेपछि सम्बोधनको क्रममा उनले भनिन्, ‘हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छन् । लैङ्गिक हिंसा महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ भन्ने चलचित्र हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौँ ।’ मगरले भूकम्प र कोभिडको समयमा महिलामाथि भएका हिंसाका थुप्रै घटनाहरूलाई चलचित्र मार्फत देखाउन आग्रह गरिन् । उनले थपिन्, ‘महामारीका बेला महिलाहरूमाथि थुप्रै हिंसाहरू भए । ती हिंसाका घटनाहरूलाई चलचित्र मार्फत बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाहरूले हाम्रो समाज परिवर्तन गर्न सक्छन् ।’

कार्यक्रमको समापन समारोहमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला चलचित्रकर्मीहरूको प्रयासलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौँ । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला चलचित्रकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।’ शर्माले समाजका विभिन्न कामहरूमा महिलाले आफ्नो पुरै जीवन कसरी त्याग गर्न सक्छन् भन्ने चलचित्रहरू पनि हेर्न पाएको बताइन् । उनले थपिन्, ‘महिलालाई किन धर्ती भनिएको हो भन्ने अर्थ यी चलचित्रमा पाइन्छ । यो महोत्सवमा देखाइएका सबै चलचित्रहरू एकदमै प्रेरणादायी छन् ।’ साथै शर्माले सरकारले महिला चलचित्रकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको बताइन् ।

महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उप प्रमुख सुनिता डङ्गोलले यो चलचित्र महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् ।

महोत्सवको दौरान पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT