Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनतीर्थकुमारी स्वर्णिम साँझ २०८० सम्पन्न

तीर्थकुमारी स्वर्णिम साँझ २०८० सम्पन्न


काठमाडौँ । अग्रज लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ सम्पन्न भएको छ । राष्ट्रिय नाचघर जमलमा शुक्रबार आयोजित ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’लाई नाम दिइएको उक्त कार्यक्रममा गायिका थापाले करिब २ घण्टा गायन प्रस्तुति दिइन् । केही युगल गीतमा संगीतकार समेत रहेका छोरा सुरजकुमार थापाले उनलाई साथ दिए ।

अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना र काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्ट्रक्सनको सह आयोजनामा सम्पन्न कार्यक्रममा ‘डाँडामाथि बिहानै’ बोलबाट सुरु भएको प्रस्तुतिमा गायिका थापाले आफ्ना थुप्रै चर्चित गीतहरू पस्किइन् । कार्यक्रममा बरिस्ठ संगीतकार रन्जीत गजमेर ,गायिका मीरा राना , गीतकारहरु डा. भोला रिजाल, आनन्द अधिकारी, दिनेश अधिकारी, सिएनएन हिरो अनुराधा कोइराला, गायकहरु सत्यस्वरुप ,लगायत संगीत क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो ।

विसं २०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षिया गायिका थापाले म त खाँदिनँ कुवाको पानी हो, ढुङ्गे बगर माया, झम्के फूली, नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जाँदो रैछ, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाइ हो लगायत डेढ दर्जन गीत गाउँदा दर्शक गीतमा झुमे । झम्के फूलीमाथिको अन्तिम प्रस्तुतिपछि दर्शकले माछी मार नको फर्माइस गरे । दर्शकको आग्रहपछि उनले उक्त गीत पुनः गाइन् ।

कार्यक्रममा २ वटा नेवारी गीतमाथि पनि गायिका थापाले प्रस्तुति दिइन् । दाइ काँ कोबोलको गीतमा रचनाकार रत्न बेहोशीले उनलाई गायनमा साथ दिए । एकल साँझ गर्ने आमाको सपनालाई पूरा गर्न पाउँदा संगीतकार सुरज दंग थिए । मेरो सपना पूरा भयो । आमाका लागि यति गर्न पाएँ, मेरो जीवन सफल भयो । आमालाई यसरी नै आागामी वर्षहरूमा गाउन लगाइरहन पाऊँ, सुरजले भने ।

५ दशकदेखि लोकसंगीतमा सक्रिय गायिका थापाले हालसम्म एक हजारभन्दा बढी गीत रेकर्ड गरिसकिन् । उनले प्रबल गोरखा दक्षिणवाहु मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौँ सम्मान, पदक र पुरस्कार प्राप्त गरिसकेकी छिन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT