Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनरहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडित

रहेनन् सिआइडीका ‘फ्रेडी’ दिनेश फडनीस, कलेजो रोगबाट थिए पीडित


एजेन्सी । टिभी अभिनेता दिनेश फडनीसका फ्यानहरुका लागि दुखको खबर आएको छ । अभिनेताले यो संसारलाई सदाको लागि छाडे ।

डिसेम्बर १ मा, अभिनेताको स्वास्थ्य बिग्रियो र उनलाई अस्पतालमा भर्ना गरिएको थियो । जीवन र मृत्युको लडाइँ लड्दै विगत चार दिनदेखि भेन्टिलेटरमा थिए । उनले यो लडाई हारे ।

अभिनेताको निधनको खबर उनका सहकलाकार तथा दयानन्द शेट्टीले दिएका छन् । उनले गएराति १२ः०८ बजे आफ्नो साथीले अन्तिम सास लिएको बताए । उनले ५७ वर्षको उमेरमा यो संसार छोडे । उनको निधनको खबरले टिभी इन्डस्ट्रीमा शोकको लहर छ ।

आइतबार बिहान दिनेश फडनीसलाई हृदयघात भएको खबर बाहिर आएको थियो, जसका कारण उनलाई मुम्बईको तुंगा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य अपडेट पनि साँझ आएको थियो । दयानन्द शेट्टीले एक अन्तर्वार्तामा कलाकारलाई हृदयाघात नभएको तर कलेजोमा क्षति पुगेको खुलासा गरेका थिए जसका कारण उनी भर्ना भएका थिए ।

दिनेशले ‘सीआईडी’ मा धेरै वर्ष काम गरेका थिए । उनले १९९८ देखि २०१८ सम्म फ्रेडरिकको भूमिका खेले । यसबाहेक उनी ‘तारक मेहता का उल्टा चश्मा’ मा पनि केमियो रोलमा देखिएका थिए । यसबाहेक उनी आमिर खानको फिल्म ‘सरफरोश’ र ऋतिक रोशनको ‘सुपर ३०’ मा पनि देखिएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT