Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनभूठान ‘द वल्र्डस् ह्यपियस्ट म्यान’को छायाँकन सम्पन्न

भूठान ‘द वल्र्डस् ह्यपियस्ट म्यान’को छायाँकन सम्पन्न


काठमाडौँ । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्ड ह्यापियस्ट म्यान’ छुट्टाछुट्टै नाम रहेको ‘वुलवुल’ निर्देशक विनोदपौडेल द्वरा निर्देशित पहिलो हलिउड नेपाली चलचित्रको सम्पूर्ण छायांकन हालै सकिएको छ ।

चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरुल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डन लगायत विभिन्न कलाकारहरु जोडिएका छन् । सांघुरोका निर्देशक जोयश पाण्डे र नेपाली नाट्य क्षेत्रका सफल व्यतित्व विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने भएका छन् ।

विगत पाँच वर्ष देखिको निरन्तर प्रयासपछि हालै सम्पन्न भएको यो चलचित्र, हलिउडकै अन्तराष्ट््रीय मान्यता र मापदण्डमा रहेर बनाइएको हो । “यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको र कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्र मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो”, लेखक, निर्दैशक पौडेल बताउँछन् ।

म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिले सहकार्य गरेकाछन् । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।

यो चलचित्र २०२४ को अन्त्य सम्म दर्शक सामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकोे जानकारी यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, रमेश भट्ट र अपार श्रेष्ठले दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT