Techie IT
२०८० असोज ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनपहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने


काठमाडौँ । कर्णालीको कथा, जीवनशैली, वेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ ।

काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । “प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो । चलचित्रको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेका हौँ”, उनले भने ।

कार्यक्रममा उपस्थित सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा चलचित्र छायाङ्कनको गन्तव्य बनाउन संसद्मा आवाज उठाउने बताए । उनले भने, “अहिले हाम्रो मौलिक कथाले पर्दामा स्थान पाइरहेका छन् । कर्णालीका कथालाई पर्दासम्म ल्याउन मेरो सहयोग र सहकार्य रहनेछ ।”

उनले आगामी बजेटमा नेपाली चलचित्रलाई समावेश गर्न सम्बन्धित निकायसँग छलफलसमेत गरेको जानकारी गराए । “बजेटमा सम्बोधन नभएको गुनासो उठिरहँदा यस क्षेत्रलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । मैले अर्थमन्त्रीज्यूसँग भेटेर पनि यसबारे जानकारी गराएको छु । छिट्टै केही सम्बोधन हुनेमा आशावादी छु”, सांसद शाहीले भने ।

आयोजित पत्रकार सम्मेलनमा पूर्वरा‍ज्यमन्त्री कुन्तीकुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हास्यकलाकार हिमेश पन्तलगायत उपस्थित थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अष्ट्रेलियामा ‘रङ्गेली’को ‘ग्रान्ड प्रिमियर’ हुने

काठमाडौँ। छायाङ्कनको क्रममा रहेको नेपाली चलचित्र ‘रङ्गेली’को अष्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ। नेपालमा यस वर्षको महाशिवरात्रिको दिन फागुन २५

ट्रेण्डिङ र भाइरलमा विश्वास छैनः राजेशपायल राई

काठमाडौँ। सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा

प्रकाश पुरी र सुनिता दुलालले ल्याए गरिबको दशैं गीत

काठमाडौँ। तिज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन्। यसै क्रममा यही छेकोमा गायक प्रकाश पुरीले

फिल्म ‘डंकी’ मा के छ विशेष भन्ने प्रश्नमा शाहरुख खानले…

एजेन्सी । बलिउडका बादशाह शाहरुख खान यतिबेला आफ्नो फिल्म ‘जवान’ को सफलताको मजा लिइरहेका छन् । फिल्मले हालसम्म ९ सय

बक्स अफिसः शिल्पाको ‘सुखी’ र विक्की कौशलको ‘द ग्रेट इन्डियन…

एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ पछिल्लो १६ दिनदेखि बक्स अफिसको बादशाह बनेको छ । रिलिज भएको दुई हप्ताभन्दा बढी

बलिउड अभिनेता साहिद कपुरले यो फिल्म ‘फ्रि’मा गरेका थिए

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरले फिल्ममा मात्रै नभई ओटीटीमा पनि उत्कृष्ट प्रोजेक्टमा काम गरेका छन् । पछिल्ला केही वर्षदेखि,

Techie IT