Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनचलचित्र ‘फनफनी’ निर्माण हुने

चलचित्र ‘फनफनी’ निर्माण हुने


काठमाडौँ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उनले पारिवारिक कथामा चलचित्र निर्माण हुने जानकारी दिए ।

“चलचित्रको लेखनको कार्य भइरहेको छ, यो पारिवारिक कमेडी चलचित्र बन्नेछ”, निर्देशक सुनारले भने, “यो पनि समाजसँग जोडिएको कथा हो । यसमा नेपालसँगै विदेशको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्ने तयारीमा छु ।”

यस्तै, सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएर यसको एक पोस्टरसमेत सार्वजनिक गरिएको छ । यसमा अभिनेताका रुपमा आर्यन अधिकारी अनुबन्धित भएका छन् । “चलचित्रको कथा सुनेपछि अभिनय गर्न सहमत भएको हुँ”, अभिनेता अधिकारीले भने ।

हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता रहेको चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अफ्रिकाको फुल र नेपालको गोर्खा वारियर उत्कृष्ट चलचित्र

काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सह आयोजनामा ७ असारबाट

जनकपुरधाममा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

धनुषा। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव मंगलबारदेखि सुरु हुँदैछ। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रूपमा पहिलो पटक महोत्सव

फिल्म ‘एक्टर’को छायांकन सेटमा नायक खड्कालाई ‘भ्यानेटी भ्यान’

पोखरा । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना

युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा ‘पुजार सार्की’ रिलिज

काठमाडौँ । गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त

‘बलिदान’को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो

काठमाडौँ । गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । बर्दियाका परियारले शनिबार पोखराकी सलोमी गुरूङ, दार्जिलिङका

Techie IT