Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?

‘मोदीबेनी’का अमर र वर्षा, कस्तो होला अन-स्क्रिन केमेस्ट्री ?


काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ चलचित्र ‘मोदीबेनी’ छायाङ्कनको दोस्रो तालिकामा फागुन १६ गते पर्वतको चित्रे तर्फ जाँदैछन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

चलचित्रमा रहने हालको कथामा अमर र वर्षा प्रमुख भूमिकामा छन् । छायाङ्कनमा नव अभिनेतासँग जोडिन लागेकी वर्षाले अमरमा एक कलाकारमा हुनुपर्ने सबै गुण देखेको बताउँछिन् । “कार्यशालामा अमरको काम हेर्दा एकदम मेहनती कलाकारको रूपमा देखेकी छु । एक कलाकारमा हुनुपर्ने सबै गुण देखेकी छु”, वर्षाले भनिन् । अमरको पहिलो चलचित्र भएता पनि यसको कार्यशालामा बोण्डिङ भइसकेको बताउँदै उनले छायाङ्कनको समयमा नयाँजस्तो महसुस नहुने विश्वास लिइन् । वर्षाले नयाँ मेकर र नयाँ कलाकारसँग काम गर्दा सिकाउने र सिक्ने अवसर पाइने अनुभव राखिन् ।

नव अभिनेता अमरले आफ्नो मन पर्ने अभिनेत्री नै आफ्नो को-एक्टर बनेकोमा खुसी छन् । “वर्षा जी मलाई एकदमै मन पर्ने अभिनेत्री हुनुहुन्छ । आफ्नो फेवरेटसँगको कामबाट डेब्यु गर्न पाउनु मेरो लागि अहोभाग्य हो । उहाँ मेरो को-एक्टर मात्र नभएर मेरो सिनियर पनि हो । वर्षा र मेरो अन-स्क्रिन केमेस्ट्री जम्छ भन्नेमा विश्वास छ”, उत्साहित मुद्रामा अमरले भने, “सँगै थोरै डर पनि लागिरहेको छ । यस चलचित्रका सबै कलाकारहरू प्रोफेसनल हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदाको खुसी त छँदै छ, मैले अभिनय गर्ने पात्रबाट निर्देशकको सोचलाई पुरा गर्ने चुनौती रहेको छ । मेरो तर्फबाट भरपुर कोसिसमा छु । कहीँ कतै कमजोरी नहोस् भनेर चलचित्रको सबै कार्यशाला र तालिममा सहभागी भएको छु ।”

झण्डै तीन वर्षको अन्तरालपछि फिचर चलचित्रको प्रमुख भूमिकामा अभिनयको लागि छायाङ्कनमा जान लागेकी अभिनेत्री वर्षाले यो चलचित्रको विषय उत्साहपूर्ण र नयाँ रहेकोले पर्वतमा पुगेर अभिनय गर्न उत्साहित रहेको बताइन् ।

शङ्कर कोइरालाले निर्देशन गर्ने यस चलचित्रमा अमर र वर्षाका अलावा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न

सुजन चापागाईँको म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’…

काठमाडौं । आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल फिल्म ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सद्भावना दूतमा प्रदिप खड्का र सुरक्षा…

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी

चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको

‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि

चलचित्र ‘डोरी’को मुहूर्त सम्पन्न, आइतबारदेखि छायाङ्कन सुरु हुने

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’को शुभ मुहूर्त बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको

Techie IT