Techie IT
२०८१ साउन १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जननेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’ अनलाइन

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’ अनलाइन


काठमाडौँ । नेपाली सिनेमा सम्बन्धि सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ संचालनमा आएको छ ।

द फिल्म नेपालले संचालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाएको छ ।

नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द ‘फिल्म नेपाल’मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरु उपलब्ध हुनेछन् ।

प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरु दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ ।

अहिलेसम्म बनेका नेपाली फिल्महरु, तिनका कलाकार र निर्देशहरुका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरुको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक संचालकहरुले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पु¥याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् ।
नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बितिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ ।
भविष्यमा यही प्लेटफर्ममार्फत मल्टीप्लेक्सको सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना संचालकको छ ।

‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने योजनाका साथ यो प्लेटफर्म संचालनमा ल्याइएको हो,’ संचालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पु¥याउने अपेक्षा गरेका छौं ।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT