Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !

‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !


काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा तेइस करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले नेपालमा चौध करोड र विदेशमा नौ करोड एक लाखको ग्रस कलेक्सन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँ नयाँ रेकर्ड बनाउने बाटोमा छ । डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट अनुसार ‘महाजात्रा’ ले विदेशमा अघिल्ला नेपाली चलचित्रको रेकर्ड ब्रेक गरिसकेको छ । पछिल्लो समय विश्वस्त हुन् नसकेका दर्शकले ‘महाजात्रा’ हेर्न परिवार नै लिएर हल आउन बाध्य भएको एमएसएमले जनाएको छ ।

फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मलाई प्राप्त शोमा दर्शकको उपस्थिति बलियो देखिएको जानकारी दिए ।

‘हामीले प्राप्त गरेको शोमा अकुपेन्सी उल्लेख्य हुनुका साथै हाउसफुल पनि भइरहेको छ । चौथो सातामा प्राप्त गरेको यो मायाले हामीलाई अझैँ दायित्व थप्दै मेहनती बन्न प्रेरित गरेको छ । हामीले आगामी दिनमा दर्शकको विश्वास बढ्ने फिल्म नै बनाउने छौँ’, निर्माता खत्रीले भने ।

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ ।

निर्देशक तथा लेखक प्रदीप भट्टराईले फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको बताए ।

फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकन

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?

काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ

‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न

काठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा

‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिक

काठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो

मौलिक तीज गीत ‘श्रीमानज्यू’ विमोचन

काठमाडौं । गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव

Techie IT