Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर

कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर


काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’ (कस्ट अफ लिभिङ) कान्तिपुर सिनेमाज् ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक भएको छ ।

‘भाउ’को टिजर ऐना आर्ट्सको युट्युब च्यानलबाट रिलिज गरिएको छ । टिजरमा कवाडीवालाको कथा प्रस्तुत गरिएको छ । तराईबाट काठमाडौँ आएर कवाडीखानामा काम गर्दै जीवन गुजाराको लागि संघर्ष गरिरहेको एउटा मधेसी समुदायको सामान्य परिवार र राजधानीमा घर भएको दुई वर्गको अन्तरलाई टिजरमा देखाउन खोजिएको छ ।

पोष्टरमा प्रयोग गरिएको र टिजरमा एउटा सिनमा शहरमा भएको ठुलो अपार्टमेन्ट अगाडिको दृश्यले हुँदाखाने र हुनेखाने बिचको खाडललाई भाउले देखाउन खोजेको स्पष्ट हुन्छ ।

काठमाडौँ र भक्तपुरमा छायांकन भएको लघुचलचित्रमा कवाडीवालाको भुमिका कलाकार सुवास गजुरेलले निर्वाह गरेका छन् । अन्य कलाकारहरुमा सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभिनय गरेका छन् । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन् । अंग्रेजी सब्टाईटल सहित मैथिली र नेपाली भाषा प्रयोग भएको फिल्ममा भाषा अनुवाद राम श्रेष्ठ र आर के मेहेताले गरेका छन् । प्रोडक्सन म्यानेजमेन्ट नरेन भट्टराईले गरेका हुन् । सम्पादन गणेश बिसी र कलरिङ राकेश दाहालले गरेका छन् ।

चलचित्रसम्बन्धी विभिन्न विधामा पढाई सञ्चालन भईरहेको कान्तिपुर फिल्म एकेडेमीले नै कान्तिपुर सिनेमाज प्लेटफर्म सञ्चालन गरेको हो । नेपाल र विश्वभर छरिएर रहेका चलचित्रप्रेमी दर्शकहरुको लागि र राम्रा चलचित्रहरु निर्माण गर्नेहरुका लागि कान्तिपुर सिनेमाज राम्रो प्लेटफर्म भएको कान्तिपुरका फाउण्डर तथा सिईओ प्रकाश पुरी बताउँछन् । कान्तिपुर सिनेमाज एप डाउनलोड गरेर तथा वेबसाईटबाट अकाउन्ट रजिष्टर गरेर सब्सक्रिसन लिएर अपलोड भएका सिनेमाहरु सजिलै हेर्न सकिनेछ ।

‘भाउ’ इटालीको फेस्टिभल देल सिनेमा दि सेफलुको नोमिनेशन र जिम्वावेको भर्सिटी फिल्म एक्स्पोमा होनोरेवल मेन्सनमा परेको थियो । अमेरिकाको स्टुडेन्ट वल्र्ड इम्प्याक्ट फिल्म फेस्टिभल, जापानको पाँचौ मेइहोडो इन्टरनेशनल युथ भिजुअल मिडिया फेस्टिभल, नेपालको पाँचौ नेपाल अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव र बेलायतको दुई चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।

भाउको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । लघुचलचित्र ‘भाउ’मा मानिसको जीवनको मूल्यलाई दर्शाउन खोजेको उनी बताउँछन् । उनकै लेखन तथा निर्देशनमा तयार भएको लघुचलचित्र ‘पाउलो’ र ‘द स्कुल वाल’ विभिन्न देशहरूमा छनोटमा परिसकेको छ । ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्मको अवार्ड समेत जितिसकेको छ । उनकै लेखन तथा निर्देशनमा अर्को सर्टफिल्म ‘दृश्य’ को निमार्णको तयारी गरिरहेको उनी बताउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शान्तिश्री र समीक्षाको स्वरमा लोमशले ल्याए ‘माछी’

काठमाडाैँ । ‘गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ‘माछी’ सार्वजनिक गरिएको छ। लोकश शर्माको प्रस्तुति रहेको ‘गोर्खे खुकुरी’

‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशाको प्रवेश

काठमाडौँ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा अलिशा बास्तोलाको प्रवेश भएको छ । दोस्रो चरणको छायांकन सुरु गरेको निर्माण पक्षले अलिशालाई

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं । नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन्

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

‘के घर के डेरा : घर नम्बर–२’ मा निश्चल अनुबन्धित

काठमाडौँ । छायांकनमा जाने तयारीमा रहेको चलचित्र ‘के घर के डेराः घर नम्बर–२’मा कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् ।

Techie IT