Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनगायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी

गायक प्रकाश कटवालद्धारा राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा उम्मेदवारी


काठमाडौँ । राष्ट्रिय संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष प्रकाश कटवालले संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । मुलुकका २० हजार भन्दा बढी कलाकारहरु समेटिएको यस संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन यही २८ र २९ बैशाख काठमाडौंमा आयोजना हुँदैछ । कलाकारहरु यतिबेला अधिवेशनको चापमा छन् ।

यसपटक राष्ट्रिय संगीतकर्मी संघको ३९ जनाको केन्द्रिय कार्यसमितिको लागि प्रत्यक्ष निर्वाचन हुनेछ । यतिबेला सो निर्वाचनको लागि संघमा आबद्ध कलाकारहरुले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसै क्रममा हालका बरिष्ट उपाध्यक्ष (कार्यवाहक अध्यक्ष) प्रकाश कटवालले संघको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

आफुले कार्यवाहक अध्यक्षको रुपमा संघको सबै जिल्लाको अधिवेशन सम्पन्न गरेको र केन्द्रिय अधिवशेन तथा १८ औं वार्षिक साधारण सभाको सबै तयारी पनि गरिसकेको उनले बताए ।

‘संघका बर्तमान अध्यक्ष विक्रम जँग शाहज्यू कार्य व्यस्तताका कारण बिदेशमा भएपछि केही समय यताबाट कार्यवाहक अध्यक्षको रुपमा मैले काम गर्दै आएको छु ।’ प्रकाशले भने,‘कार्यबाहक अध्यक्षको जिम्मेवारी समालेर संघको ७५ वटा जिल्ला, ७ वटै प्रदेश र उपत्यका विशेष कमिटीसंगै दोहोरी कलाकार समिति र नृत्य बिभाग समितिसम्मको अधिबेशन सम्पन्न गरेको छु ।’

उनले अध्यक्षमा उम्मेदवारीबारे भने,‘संघका कलाकार साथीहरुको सल्लाहमा मैले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेको हुँ । कार्यवाहक भएर यतिबेला संघको लागि काम गरिरहेको छु अझ धेरै योजनाहरु पुरा गर्नका लागि पनि अध्यक्षमा आउन लागेको हुँ ।’

संघका पूर्ब अध्यक्ष रेशम थापा रक्त चापले ढ्लेको बेलामा संघका तर्फबाट रेशम थापा बचाउ अभियानको संयोजकसम्म रहेर रेशम थापाको उपचार समेत आफुहरुले सम्पन्न गराउन सकेको प्रकाशले बताए । संघमा अब रहेर कलाकार कोष निर्माण, संघको भवन निर्माणसहित विभिन्न लक्ष्य रहेको पनि उनले जानकारी गराएका छन् ।

राष्ट्रिय संगीतकर्मी संघमा दोस्रो महाधिबेशनबाट कार्यसमिति सदस्यको रुपमा प्रकाशले जिम्मेवारी बहन सुरु गरेका थिए । त्यसपछि तेस्रो महाधिबेशनमा उपाध्यक्ष आएका प्रकाश कटवाल राष्ट्रिय संगीतकर्मी संघमा चौथो महाधिबेशनमा प्रथम उपाध्यक्ष र पाचौं महाधिबेशनमा बरिष्ठ उपाध्यक्षको रुपमा जिम्मेवारी सम्हाले ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र

चलचित्र ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौँ । चलचित्र ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा

रामकृष्ण ढकालको ‘मालती मंगले’मा विजय बराल र वर्षा राउत अनुबन्धित

काठमाडौं । गायक रामकृष्ण ढकाल निर्माता रहेको चलचित्र ‘मालती मंगले’मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्

‘महाभोज’को अस्ट्रेलिया प्रदर्शन नियमित हुने र दक्षिण कोरियामा प्रदर्शनको तयारी,…

काठमाडौँ । नेपालमा दर्शकहरूबाट व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको नेपाली चलचित्र ‘महाभोज’ अब अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो प्रभाव जमाउने तयारीमा छ

चलचित्र ‘ऊनको स्वीटर’लाई ऐतिहासिक सफलता: सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र उद्योगमा यति बेला चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान स्थापित गरेको छ । आज प्रदर्शनको ३७ औँ

‘महाभोज’ देशभर रिलिज

काठमाडौँ । प्रतीक्षा गरिएको नेपाली चलचित्र ‘महाभोज’ बिहीबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस चलचित्रले

Techie IT